काठमाडौँ, ८ असार । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनाचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा आइपुगेको छ।
महासंघका अनुसार मंगलबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।