धनगढी २५ पुस नेपाल ईन्जिनियर्स एशाेसियसन केन्द्रीय तथा सुदूरपश्चिम कार्यकारिणाी समितिमा प्रजातान्त्रिक समुहले उम्मेदवारी घाेषणा गरेका छन् ।यहि माघ ७ गते हुन लागेकाे केन्द्रकाे १३ औ तथा प्रदेशकाे दाेस्राे अधिवेशनमा साे समुहले प्यानल बनाई उम्मेदवारी दिने घाेषणा गरेका हुन ।
धनगढीमा आइतबार एक समाराेहकाे आयाेजना गर्दै केन्द्रिय अध्यक्षमा साे समुहबाट अध्यक्षमा डाक्टर हरिबहादुर दर्लामीले उम्मेदवारी घाेषणा गरेका हुन । उनकाे समुहबाट उपाध्यक्षमा डाक्टर नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सराेज धिताल, काेषाध्यक्षमा दिनेश त्रिपाठी र सहकाेषाध्यक्षमा दीपक अधिकारीले उम्मेदवारी दिने घाेषणा गरे ।यस्तै सदस्यमा सुरज चापागाई, सागर भट्टराई, विनाेदबहादुर पाल, कुशलता न्याैपाने, अनुपम पराजुली, निशान नेपाल, ईश्वर पाेख्रेल, मनिष मल्लिक, हरिनारायण यादव, खुम बहादुर भण्डारी र बिधा बरालले उम्मेदवार रहने छन ।
यस्तै परिषद सदस्यमा हाेमनाथ पाेख्रेल, पाेषण थापा, राजन लामा, भरत रेग्मी र हरिलाल दवाडी रहेका छन ।प्रदेशकाे दाेस्राे अधिवेशनमा प्रदेश अध्यक्षमा प्रदिपकुमार पन्तकाे दाबी रहेकाे छ ।उनकाे समुहबाट केन्द्रिय सदस्यमा रणबहादुर बम, उपाध्यक्षमा भाषकर चटाैत, सचिवमा पदमबहादुर मडै, सहसचिवमा राजेन्द्रबहादुर साउद र काेषाध्यक्षमा विरबहादुर भाट रहेका छन ।
सदस्यमा रमेश बाेहरा, खग्रेन्द्र अवस्थी, हरेन्द्रविक्रम शाह, उमेशसिंह कठायत, कपिलदेव भट्ट, गाेविन्द भट्ट, जानकी बडैला, राजेन्द्र नाथ, सराेज शाह र देवीराज न्याैपाने रहेका छन् । साे समुहले विभिन्न नारा बाेकेर देशव्यापी रूपमा प्रचार प्रसारमा रहेकाे छ ।साे अवसरमा बाेल्दै अध्यक्षका दावेदार दर्लामीले ईनजिनियर केही सिमित हुँदा आफै बसेर कार्यसमिति चयन गरिन्थे । अहिले ३८ हजार ईन्जिनियर ऐशाेशियशनमा दर्ता रहेका छन् ।
अबकाे आवश्यकता प्रदेश संरचनालाई बलियाे बनाउनु हाे उनले भने प्रदेशमै भवन बनाएर, कार्यालय सचिव राख्ने र ईन्जिनियरकाे क्षमता अभिवृद्रि, थप दक्ष बनाउने, प्रदेश समितिलाई थप मर्यादित, सशक्त बनाउने हाे । उनले विभिन्न किसिमका भेला, सेमिनार, तालिम प्रदेशमै गर्ने बताए ।