धनगढी, १६ पुस/नेपाल निजामती कर्मचारी युनियन कैलाली शाखाको नौऔं अधिवेशन शुक्रबारदेखि शुरु भएको छ ।
धनगढीको निर्माण व्यवसायीको सभाहलमा भइरहेको अधिवेशनको एक समारोहकाबिच नेपाली का“ग्रेस सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता एवं केन्द्रिय सदस्य रणबहादुर रावलले समुदघाटन गरेका हुन ।
सो अवसरमा बोल्दै नेता रावलले निजामति कर्मचारीहरु प्रविधिमार्फत काम गर्न सकिने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । ‘संसार अब प्रविधिमैत्री भइसकेको छ । विश्वका अधिका“स राष्ट्रहरुले कागजभन्दा पनि प्रविधिमार्फत सरकारी सेवा प्रदान गर्नतर्फ अग्रसर भइसकेका छन’ उनले भने – ‘नेपालमा पनि अहिले नीजि क्षेत्रका बैंक लगायत संघ–संस्थाहरु सोही अनुसार अघि बढीसकेका छन । अब निजामति कर्मचारीहरुले सरकारी कामकाजलाई प्रविधिसंग जोड्न अग्रसर हुनुपर्छ ।’ उनले आफुहरुले प्रदेश सरकारलाई सोही अनुसार कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने, सरकारी कामकाजलाई प्रविधिमार्फतनै अघि बढाउने गरि कार्यक्रम ल्याउन पटक–पटक सुझाव दिइरहेको बताए ।
‘कर्मचारी टे«ड युनियन भनेको कर्मचारीको हकहित, क्षमता अभिवृद्धि, अधिकारको रक्षा लगायतका लागि काम गर्न गठन गरिने गरेको छ’ उनले भने –‘कर्मचारीलाई प्रविधिसंग जोड्न अब निजामति कर्मचारी संगठनले जिम्मेवारी लिनुपर्छ । यसका लागि राजनीतिक दलहरुले गर्नुपर्ने काममा हामी सहयोग गर्ने छौं ।’नेता रावलले सुदूरपश्चिम प्रदेश सरकार जनताको भन्दा पनि कार्यकर्ता, नेता पाल्ने सरकार बनिरहेको बताए । ‘संविधानले आम जनतालाई घरदैलोमै सेवा प्रदान गरोस भनी संघियताको संरचना ल्यायो । तर, अहिले जनतालाई सुदूरपश्चिम प्रदेश सरकार भएको महशुष भएको छैन’ उनले भने –‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ । यो सरकारदेखि आम जनता रुष्ट छन । यसको परिवर्तन आवश्यक रहेको छ ।’
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले कर्मचारी युनियन पार्टीको मेरुढण्ड रहेको बताए । ‘राष्ट्र सञ्चालन र निर्वाचनमा पार्टीलाई विजयी गराउन कर्मचारी युनियनको महत्व भुमिका रहने गरेको छ’ उनले भने –‘अब आउने निर्वाचनमा नेपाली का“ग्रेसलाई पहिलो पार्टी बनाउने गरी संगठनले बलियो भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ । विगतकै अभ्यास अप्नाएमा पार्टीलाई थप समस्या सृजना हुन सक्छ ।’उनले अबको निर्वाचनमा नेपाली का“ग्रेसको बहुमत नआए कसैको पनि अधिकार स्थापित नहुने बताए । ‘बाम गठबन्धनको सरकार हु“दा का“ग्रेसमा आवद्ध कर्मचारीलाई नरुचाएको ठाउ“मा सरुवा गर्ने, पालिकामा हाजिरी लगाउन नदिने लगायतका संक्रिण सोचका साथ सरकार चलेको थियो’ उनले भने –‘अहिले का“ग्रेसको सरकार आएपनि काम गर्न अप्ठ्यारो रहेको छ । स्थायी रुपमा का“ग्रेस सरकारमा आए तपाईहरुका माग पुरा हुने छ ।’
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले निजामति कर्मचारी बिना सरकारले विकासका योजना अघि बढाउन नसक्ने बताइन । उनले आफुहरुलाई सफल हुन जहिले पनि कर्मचारीको साथ र सहयोग आवश्यक रहेको बताइन । ‘कर्मचारी एकलैले काम गरे त्यो पनि सफल हु“दैन । राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधी र प्रशासनिक कर्मचारीबिच समन्वय, सहकार्य र सहयोग भए सबै योजना, नीति, कार्यक्रम लागु गर्दा सफल भइन्छ’ उनले भनिन ।
नेपाली का“ग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य भरतबहादुर खडकाले विधि, पद्धति र प्रणालीका आधारमा का“ग्रेसले काम गर्ने बताए । ‘बाम गठबन्धनको सरकारले कर्मचारीलाई यस्तो गरेको थियो र का“ग्रेसको सरकारले पनि अव त्यस्तै गर्नुपर्छ भनेर तपाई हामीलाई दबाब नदिनुहोस’ उनले भने – ‘का“ग्रेस भनेको विधि, प्रणाली र पद्धतिका आधारमा चल्ने पार्टी हो । हामी सरकारमा नहु“दा पनि सोही अनुसार तपाईहरुका अधिकारका लागि सरकारलाई दबाब दिइरहेका थियौं ।’ उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफु मुख्यमन्त्री भएको पनि महशुष गर्न नसकेको बताए । ‘अहिले म मुख्यमन्त्री हु“ भनी पत्याउन नसक्ने मान्छेबाट विकास र समृद्धिको के आशा गर्ने ?’ उनले भने ‘उहा“ले अहिले कर्मचारी सरुवा गराउने कामबाहेक विकासका राम्रो ढाचा र योजना ल्याउन सकेका छैनन ।’
जिल्ला अध्यक्ष खेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघकी कैलाली अध्यक्ष पुष्पा भट्ट, केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरेन्द्रबहादुर अधिकारी, केन्द्रिय उपाध्यक्ष उत्तमकुमार कटुवाल, नारायणप्रसाद शर्मा, महासचिव सुवासबहादुर कोइराला, सचिव गणेश भण्डारी, जनकबहादुर रावल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला उपाध्यक्ष राधाकृष्ण चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश भट्टले गरेका थिए ।
जिल्ला अधिवेशनकै अवसरमा युनियनभित्र योग्दान दिएको भन्दै पूर्व क्षेत्रीय उपाध्यक्ष नारायणप्रसाद सत्याल, रतुराम पाण्डेय, सेवा निवृत कर्मचारी कमलबहादुर पुन, लोचनराज रेग्मी, प्रेमबहादुर बोगटी, हरि खत्री, हर्कबहादुर सिंह, मेघराज जोशी, कासिराज ओझा, पदमराज जोशी, भोजराज भट्ट, गगनसिंह महता, रामबहादुर बलायर, शिवराज अवस्थी लगायत ८० जना कर्मचारीहरुलाई सम्मानित गरिएको थियो । उनीहरुलाई नेता रावलले दोसल्ला तथा प्रमाणपत्र दिएर सम्मानित गरेका थिए ।
