धनगढी, १५ पुस/कैलालीका युवा नेता तपेन्द्र भुषाल आसन्न नेपाली काँग्रेस कैलालीको सहसचिवमा उम्मेदबारी घोषणा गरेका छन् । सुदूरपत्र अनलाईन संग कुराकानी गर्दै नेता भुषालले उम्मेदबारी घोषणा गरेका हुन् ।
२०५६मा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका तपेन्द्र भुषाल अहिले मुल पार्टी नेपाली काँग्रेस कैलालीको सहसचिवमा उम्मेदबारी दिनेभएका छन् । युवा नेता भुषाल २०५६मा नेपाल विद्यार्थी संघ अरुणोदय मावि खैरीफाटाको ईकाई अध्यक्ष हुदै २०५८ सालमा नेपाल विद्यार्थी संघ कैलालीको जिल्ला सदस्य, २०६२मा नेविसंघ कैलालीको सचिव र २०७४मा केन्द्रीय सदस्य समेत भएका छन् । अहिले नेपाल दलित बिद्यार्थी संघको बरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेर राजनीतिक यात्रामा सकृय छन् ।
पटक–पटक गरी तिन पटक राजनीतिक वन्दी भएर जेल जिवन भोगेका भुषाल कैलाली जिल्लामा आफुलाई सबैले सहसचिवको जिम्मेबारीमा हेर्न चाहेको बताए । समाजशास्त्रमा स्नातोकोत्तर गरेका भुषाल अहिले कानुन एलएलवीमा अध्यनरत रहेका छन् । जिल्लाका काँग्रेस कार्यकर्ताको मनजितेर आफुअहिले मुल पार्टीको राजनीतिमा प्रबेश गर्न लागेको उनको भनाई छ ।