धनगढी, १५ पुस/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले अबको अर्जुन दृष्टी प्रदेश सरकारमा रहेको बताएका छन् ।
सबै काँग्रेसको महाधिवेशनमा केन्द्रीत भएकाले प्रदेश सरकार तर्फ ध्यान जान सकेको थिएन अब पुरै ध्यान सुदूरपश्चिम प्रदेशमा सरकार बनाउनेमा जाने बताए । केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला आएका रावलले धनगढी विमानिस्थलमा संचारकर्मीहरु संग बोल्दै सो कुरा बताएका हुन् ।
केन्द्रीय सदस्य डा. रावललाई स्वागत गर्न कार्यकर्ताहरु विमानिस्थलमै पुगेका थिए । कार्यकर्ताहरुले अबको मुख्यमन्त्रीमा हेर्न चाहेको समेत नारा लगाएका थिए ।
केन्द्रीय सदस्य डा. रावलले सुदूरपश्चिम प्रदेश सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउदै अब यो सरकार चाडै परिवर्तन हुने दाबी गरे । ‘यसरी जुगाडमा प्रदेश सरकार चल्दैन’ काँग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रावलले भने–‘अब फोकस प्रदेश सरकारमा हुन्छ ।’