काठमाण्डौ २७ मंसिर/काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रको गेटमा दिनभर बसेर मतदातासँग मत मागेका देउवा अहिले राति ८ बजेतिर भृकुटीमण्डपस्थित मतदान केन्द्र छिरेका हुन्।
देउवाले सोमबार दिउँसो राष्ट्रिय सभागृहमा रहेको बुथमा गएर मतदान गरेका थिए। कांग्रेस निर्वाचनका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान केन्द्र तोकिएको छ। यसपटक कांग्रेसको सभापति पदमा देउवासहित विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह प्रतिस्पर्धामा छन्।