काठमाडौं २५ मंसिर/नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि भइरहेको निर्वाचनमा सुदूरपश्चिमको बझाङबाट केन्द्रीय सदस्यमा पूर्वमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता डा। सुरेश मल्लले उम्मेदवारी दिएका छन् ।
शेखर कोइरालाको टिमबाट केन्द्रीय सदस्य खुला०मा उम्मेदवारी दिएका डा. मल्लले सुदूरपत्र अनलाईनसँग प्रतिक्रिया दिँदै भने,‘कांग्रेसको रुपान्तरण, समुन्नत देश र प्रजातन्त्रका लागि पार्टी भित्रको पनि एउटा इमान्दारिताको उजागर गर्नका मैले खुलाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको छु ।’ बझाङ घर भएका पुर्वमन्त्री समेत रहेका डा। मल्ल पार्टीवृत्तमा एक इमान्दार र कार्यकर्तामाझ लोकप्रिय नेताका रुपमा परिचित छन् ।
