काठमाण्डौं, २५मंसिर/नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले केन्द्रीय सदस्य (खुल्ला महिला) पदमा उममेदवारी दर्ता गराएकी छिन् । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडको प्रस्ताव तथा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानाको समर्थनमा केन्द्रीय सदस्य खुल्ला महिला पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
डाक्टर देउवाले सभापति देउवाको समूहबाट केन्द्रीय सदस्य (खुल्ला महिला) पदमा मनोनयन दर्ता गराएकी हुन् । नेपाली काँग्रेसकी नेतृ तथा वरिष्ठ सामाजिक अभियन्ता डाक्टर देउवाले नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य (खुल्ला महिला) पदमा उम्मेदवारी दिएकी हुन् । केही दिन अघि कार्यकर्ता माझ एक अपील जारी गर्दै केन्द्रीय सदस्य ९खुल्ला महिला० पदमा उम्मेदवारी दिने बताएकी थिइन् ।
डाक्टर आरजु राणा देउवा वरिष्ठ समाजिक अभियन्तासंगै समाजिक क्षेत्रमा कृयाशिल रुडुककी केद्रीय अध्यक्ष समेत हुन् । २०७४ सालमा नेपाली काँग्रेसको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ बाट संघीय सांसदकी उम्मेदवार रहेकी थिइन् । उनी थोरै मतले पराजित भएकी थिइन् । सो निर्वाचनमा पराजित भएपनि उनले आफ्नो निर्वाचन क्षेत्रमा विकासको कामलाई निरन्तरता दिइरहेकी छिन् । उनको पहलमा खुटिया नदीमा तटबन्धन गरेर स्थानीयहरुले नदी कटान र डुवानको समस्याबाट राहत पाएका छन् । उनको स्वास्थ्य लगायत क्षेत्रमा पनि ठूलो योगदान रहेको छ ।