काठमाण्डौं, २५ मंसिर/नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले केन्द्रीय सदस्य ९प्रदेश० मा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह (‘मनु)को प्रस्ताव तथा नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री प्रकाश शाहको समर्थनमा डाक्टर रावलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि कुरा गर्दै डाक्टर रावलले मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै काँगेसलाई मजबुत बनाएर लैजाने बताए। उनी देउवा प्यानलबाट केन्द्रीय सदस्य (प्रदेश)मा उम्मेदवारी दिएका हुन् ।
को हुन् डा.रणबहादुर रावल ?
कैलालीको टिकापुरमा जन्मेका डा। रावलले प्रकृति स्रोत ब्यबस्थापनमा बिद्यावारीधी गरेका छन् ।उनले बिक्रम संम्वत २०३२ साल देखि नेपाली काँग्रेसको भतृ संगठन नेपाल बिद्यार्थी संघको एकाई सचिवबाट राजनितिक यात्रा सुरु गरेका थिए ।२०३६ सालको जनमत संग्रहका बेला नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले डा। रावललाई बहुदलिय ब्यबस्थाको पक्षमा जनमत संकलन गर्न कैलाली घटाएको थियो ।
मिलनसार र बिकास प्रेमीका रुपमा लोकप्रिय ब्याक्तित्व बनाउन सफल डा. रावलले २०६३ सालदेखि २०७४ सम्म राष्ट्रिय विकास परिषद्का सदस्य रहेर काम गरिसकेका छन् ।डा.रावलको नेतृत्वदायी भूमिका राम्रो देखेर नेपाली काँग्रेसले उनलाई पाटी फुटपछि भएको एकिकरणको बिवाद मिलाउन रोल्पा जिल्लामा खटाएको थियो र जुन बिवाद उनले सहजै मिलाउन सफल समेत भए ।
२०६४ सालको निर्वाचनमा समानुपातिक संसदका उम्मेदवार रहेका डा। रावल २०७० सालको संविधान सभाको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट संविधान सभा सदस्यका उम्मेदवार रहेका थिए । २०६२–०६३को जन आन्दोलनमा डा। रावलले काठमाडौँमा रहेर बिभिन्न क्षेत्रको नेतृत्व गरेका थिए । सोही आन्दोलनका क्रममा डा. रावलले जेल जीवन समेत बिताएका थिए ।