धनगढी, २४ मंसिर/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा स्थानीय तहदेखि केन्द्रसम्म आफुहरुकै सरकार हुने बताएका छन्।पार्टीको चौधौं महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार समापनका क्रममा उनले यस्तो बताएका हुन्।उनले आफ्नो पहलमा देशलाई केपी शर्मा ओलीको तानाशाही शासनबाट मुक्त गरेको पनि बताए।
म प्रधानमन्त्री भएका दिन जनताले मुक्ति पाए। ओलीको शासनबाट मुक्ति पाएु, उनले भनेहाम्रा अगाडि अब जुन मुक्ति पाएका छौँ, बचाउने कि नबचाउने भन्ने छ।देउवाले कांग्रेसको महाधिवेशनबाट आफूले जितेपछि डर त्रासमुक्त समाज बन्ने पनि बताए।यो महाधिवेशनले नेपाललाई डर त्रासबाट मुक्त समाज बनाउनेछु, उनले भने, तानाशाही सरकार नआओस् भन्न यो महाधिवेशनले निर्णय गर्नुपर्छ।
उनले आउँदो चुनावमा गाउँदेखि केन्द्रसम्म बहुमत ल्याउने जिम्मा पनि आफ्नो भएको बताए। आउँदो सरकार गाउँदेखि माथिसम्म बहुमत ल्याउने जिम्मा मेरो भयोु, उनले भने, कांग्रेसको सरकार रहिरहे राष्ट्रिय सरकार र स्थानीय सरकार रहनेछ। कुनै हालतमा डर त्रासमुक्त शासन ल्याएर छाडिन्छ।
