काठमाडौं । नेपाली का“ग्रेसको १४ औं महाधिवेशनमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल विद्यार्थी संघ काठमाडौं युनिभर्सिटीको समन्वयमा नेविसंघ कैलाली क्षेत्र नम्बर ५ को आयोजनामा महाधिवेशनस्थल भृकुटीमण्डपमा ‘रक्तदान जीवन दान’ भन्ने मुल नारा रक्तदान महाअभियानको आयोजना गरिएको हो ।
‘पुरानो शैलीलाई समय अनुरुप बदलिदै सृजनात्मक तरिकाले समाज र देशलाई अतुलनिय सहयोग र टेवा पुराउन सक्छ भन्ने उदेश्यका साथ सो कार्यक्रम आयोजना गरिएको विद्यार्थी नेता गजेन्द्रबहादुर शाही (गज्जु)ले बताए ।उनले हिउ“द तथा गर्मी महिनामा रगत अभाव हुने भएकाले आम नागरिकलाई रक्तदानको बानी विकास गराउन पनि सो कार्यक्रम गरिएको बताए ।
नेपाल विधार्थी संघ मानवता प्रबधनका निम्ति अहोरात्र लागि पर्दै आएको मानविय संगालो बन्दै गएको उनले बताए ।
