धनगढी,१८ मंसिर/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना अनिश्चित भएको छ । सबै उम्मेदबारले मतगणनामा आफ्नो एजेन्डको माग गरेपछि बिवाद सृजना भएकोे छ ।
चुनाबको मतगणना राती ११ बजेदेखि सुरु गर्ने भनेता पनि सुरु गर्ने सम्भव नभएको एक नेताले सुदूरपत्रलाई बताए । अहिले राती ९ बजेबाट मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गर्ने कार्य सम्पन्न भईसकेको छ ।
सबै प्रकृया पुरा भएपछि राती ११ बजेबाट मात्रै मतगणना गर्ने भनेता पनि सम्भव नुहुने देखिएको छ । शनिबार साँझ सकिएको चुनावमा कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको थियो ।
