काठमाण्डौ १४ मंसिर/प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस कोभिड–१९ कोे संक्रमण पुष्टि भएको छ । उनलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।
उनले सोमबार विहान मात्र पीसीआरका लागि स्वाब दिएका थिए । उनलाई निमोनिया समेत देखिएको छ । प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको डा। प्रविण नेपालले जानकारी दिए ।