महेन्द्रनगर १२ मंसिर/नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटीको अग्रता कायमै छ । १२ सय मत गणना हुँदा बोगटीले ६ सय २४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी बहादुरसिंह थापाले ५ सय ४२ मत ल्याएर पछ्याइरहेका छन् । ८२ मतले अग्रता बनाएका बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् । थापालाई एनपी साउद समूहले सघाएको थियो । सुरुवाती २ सय मत गणनामा थापाले ‘लीड’ गरेपनि त्यसपछि बोगटीले अग्रता बनाउदै आएका छन् ।
उपसभापतिमा शंकरबहादुर चन्दले ५ सय ८०, मीनबहादुर सिंहले ५ सय ९६, हरिचन्द्र रानाले ५ सय ७५ र दिवाकर पाण्डेयले ४ सय ४२ मत प्राप्त गरे । सचिबमा सिद्धराज भट्टले ५ सय ५१, हेमराज ओझाले ५ सय ४७, भिमराज भट्टले ५ सय ५०, जनक धामीले ५ सय २५ र तर्कराज भट्टले १ सय ३ मत पाएका छन् ।
सहसचिवमा नाफुसिंह साउदले ५ सय ६३ पुष्कल चौधरीले ५ सय २३, कबिराज भट्टले ५ सय ५, हरिप्रसाद अधिकारीले ४ सय ७३ र कलकबहादुर सिंहले २ सय २२ मत प्राप्त गरेका छन् । कूल १ हजार ६ सय १८ मा १ हजार ५ सय ७१ मत खसेको थियो । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए ।
