धनगढी ११ मंसिर/नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल र प्रदेश प्रमुख देबराज जोशी बिच भेटबार्ता भएको छ । शनिबार प्रदेश प्रमुखको निवास धनगढीमा डा. रावल र प्रदेश प्रमुख जोशी बिच भेटबार्ता भएको हो ।
प्रमुख प्रतिपक्षि दल समेत रहेको काँग्रेसका संसदीय दलका नेता डा. रावलले जोशीलाई भेटेर सुदूरपश्चिम सरकारको गरेका कामका बारेमा जानकारी गराएका थिए । अहिले केन्द्रमा काँग्रेस, नेकपा एस, माओवादी र जसपाको गठबन्धन सरकार भएपनि सुदूरपश्चिममा नेकपा एस र माओवादीको मात्रै दुई दलिय सरकार रहेको समेत डा. रावललले प्रदेश प्रमुख जोशीलाई जानकारी गराएका थिए ।
सुदूरपश्चिममा माओवादीको नेतृत्वको सरकारले जनता भवाना अनुसारले काम गर्न नसकेको समेत आरोप लगाएका थिए । सबै मिलेर केन्द्र झै संयुक्त सरकारको पहल गर्नपर्ने समेत डा. रावललको भनाई थियो । सुदूरपश्चिम प्रदेश सरकार जनताका अपेक्षा अनुसार भन्दा पनि कायर्तामखी योजनामा उन्मुख भएको डा. रावलको आरोप थियो ।