धनगढी ११ मंसिर/दार्चुला कांग्रेस सभापतिमा ललित सिंह बोहरा निर्वाचित भएका छन्।कानुन मन्त्री दिलेन्द्र बडु निकट बोहरा ६२० मत प्राप्त गरी विजयी भएका हुन्।
सभापतिका अर्का उम्मेदवार अमर सिंह धामीले ३०९ मत ल्याए।कुल खसेको ९५६ मतमा ३११ को मतान्तरसहित बोहरा विजयी भएका हुन्। बोहरा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्।