सरस्वती साफरी
दार्चुला ९ मंसिर/नेपाली काँग्रेस दार्चुलाको माहाअधिबेशनको मतगणना स्थल पार्टी कार्यालय बाहिर कुटाकुट भएको छ । पार्टी कार्यालयमा माहाअधिबेशनको मतगणनाका लागि आचारसहिता बनाइरहेका समयमा परिसर बाहिर बादबिवाद भएपछि कुटाकुट भएको हो ।
कुटाकुटमा दुई जाना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मनोहर भट्टले जानकारी दिए । घाईते हुनेमा राजेन्द्र बिष्ट र सुरेन्द्र बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अहिले स्थिती नियन्त्रणमा लिएको डिएसपी भट्टले जानकारी दिए ।
घाईतेको उपचार दार्चुला जिल्ला अस्पतालमा भैरहेको छ । कुटाकुट भएपछि केहीबेर मतगणना परिसर तनाबग्रस्त भएको थियो ।
उता निवाचन समिति भने मतगणनाका लागि आचारसहिता बनाईरहेको निर्वाचन अधिकृत देवराज अबस्थीले जानकारी दिए । शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको बताउदै अबस्थीले अब केही बेरमा मतगणना सुरु हुने समेत जानकारी दिए ।