धनगढी, ८ मंसिर/नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाका स्वकिय सचिव प्रकाश देउवा महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् । देउवा कैलाली क्षेत्र नम्बर ५बाट महाधिवेशन प्रतिनिधीमा चुनाव लडेका थिए । खुलाबाट लडेका देउवाले तिन सय तिन मत प्राप्त गरेका थिए ।
आरजु देउवाको वडा धनगढीको ४ नम्बरको वडाबाट प्रकाश देउवा क्षेत्रिय प्रतिनिधीमा निर्वाचित भएका थिए । प्रकाश देउवा प्रधानमन्त्री पत्नी तथा काँग्रेसको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधी सभा उमेद्बार डा आरजु राणा देउवाका स्वकिय सचिव समेत हुन् ।
