धनगढी, ४ कार्तिक/नेपाली काँग्रेस कैलालीमा अहिले महाधिबेशनको सरगर्मी चलिरहेको छ । वडाको अधिवेशनबाट क्षेत्रिय प्रतिनिधी छनोट प्रकृया संगै अहिले महोल झनै तातेको छ ।
क्षेत्र, जिल्ला, महाधिवेशनका उमेद्बारहरु आफ्नो पक्षमा मतदाता रिझाउन लगेका छन् । कैलाली क्षेत्र नम्बर ५बाट महाअधिवेशन प्रतिनिधिका उमेद्बार क्षितिज भण्डारीले मतदाता आफ्नो पक्षमा रिझाउन क्षेत्रिय प्रतिनिधिहरुलाई ‘उपहार’ बितरण गरेका छन् ।
क्षेत्रिय प्रतिनिधिहरुलाई भण्डारीले पुरुषलाई ‘ढाका टोपी’ र महिलालई ‘झोला’ बितरण गरे । सबै क्षेत्रिय प्रतिनिधिहरुका माझ पुग्नलाई पनि मैले आफ्नो तर्फबाट सबैलाई ‘मायाको चिनो’ प्रदान गरेको भण्डारीले बताए । भण्डारीले नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह, कैलालीका मुख्य निर्वाचन अधिकृत टेकनारायण सुबेदी, काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका प्रदेश सदय टेकबहादुर रैका, नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवालाई संयुक्त रुपमा माया चिनो हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् ।
उमेद्बार भण्डारीले प्रदेश सभा ‘क’ र ‘ख’को क्षेत्रिय भेलामै गएर प्रत्यक्ष क्षेत्रिय प्रतिनिधि (मतदाता)का माझ पुगेर ‘मयाको चिनो’ दिदै मत मागेका थिए । उनको प्रचार गर्ने शैली देखेर मतदाता माझ छुट्टै पहिचान बनाएका थिए । मैलै सबै मतदाताका माझ चिनिएर उनको मत जितेर काँग्रेसको नेता बन्न खोजेको उनले बताए ।
मैले बिगत देखी नै बिभिन्न सामाजिक अभियान गर्दै काँग्रेसको नेतृत्वमा आफ्नो छुट्टै छाप छोड्न खोजेको उनले बताए ।