धनगढी, २८ कार्तिक/कैलालीमा नेपाली कांग्रेसले विद्यालयमा वडा अधिवेशन गरेको भन्दै नेकपा एमालेको आपत्ती जनाएको छ । गोदावरी नगरपालिका – ६ मा कांग्रेसले वडा अधिवेशन विद्यालयमा परिसरमा गरेको भन्दै एमालले विज्ञप्ती मार्फत आपत्ती जनाएको हो ।
एमाले गोदावरी नगरपालिका ६ का अध्यक्ष सन्तोष सिहद्धारा हस्ताक्षरित विज्ञप्तीमा वडाको अधिवेशन कांग्रेसले शैलेश्वरी उच्च माध्यमिक विद्यालयमा गरेर विद्यार्थीको नैसर्गिक अधिकार हनन् गरेको उल्लेख छ ।
‘विद्यालय संञ्चालनको समयमा नेपाली कांग्रेसले गरेको वडा अधिवेशनले तथा यस्ता राजनीतिक कार्यले विद्यार्थीहरुमा दुरगामी असर पर्न जाने हुँदा नेकपा एमाले विद्यालय परिसर भित्र आफू पनि यस्ता कार्य नगर्ने तथा अन्य राजनीतिक दलहरुलाई पनि विद्यार्थीहरुको भविष्यमा खेलवाड नगर्न आग्रह गर्दै घोर आपत्ति जाहेर गर्दछ’ विज्ञप्तीमा भनिएको छ ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई अब उपरान्त विद्यालय संञ्चालन समयमा राजनीतिक गतिविधि गर्न अनुमति नदिन आग्रह गर्दछौ ।’