धनगढी, २८ कार्तिक/कैलालीको घोडाघोडी नगरपालिका–२मा नेपाली काँग्रेसको वडा सभापति ७२ बर्षीय कमलप्रसाद तिवारी निर्वाचित भएका छन् ।२००७ साल बैशाष महिनामा जन्मेका तिवारी कैलालीमा घोषणा भएको परिणम अनुसार बढी उमेरका देखिएका छन् । अहिले तिवारीको उमेर ७२ वर्ष पुग्न लागेका हुन । २०२३ साल बाट राजनितिक यात्रा सुरुवात गरेका तिवारी उमेरको उत्तरार्धमा सभापतिमा निर्वाचित भए ।
जिवनभर काँग्रेसमा लागे अहिले उमेरको अन्तिममा सहभापति भएर मर्ने ईच्छा थियो पुरा भयो उनले भने । वडा सभापतिमा निर्वाचित भएपछि तिवारीले भने–‘अहिले युवाहरुकै पकडमा राजनीति छ आफ्नो वडामा युवा र बृद्ध जोड्ने काँग्रेस निर्माण गर्ने छु ।’ आफुलाइ वडा सभापति बन्नका लागी सल्लाह सुझा र सहयोग गरेकोमा सबैलाइ धन्यवाद समेत व्यक्त गरेका छन् । आगामी दिनमा सबैको सहयोग र मन जीतेर आफु अगाडी बढ्ने तिवारी बताउछन् ।
वडा सभापति तिवारीको अध्यक्षतामा अहिले घोडाघोडी नगरपालिका–२, मा २७ जनाको वडा कार्यसमिति बनेको छ, भने सभापति तिवारी सहित घोडाघोडी–२, बाट क्षेत्रीय प्रतिनिधि लागी २० जना निर्विरोध छनोट भएका छन् ।
शनिबार दिन भर कैलालीको घोडाघोडी नगरपालिका–२, मा नेपाली कांग्रेसको वडा अधिवेशन १२ वडा मध्य सबै सहमतिका लागि रक्साकस्सी चल्यो । कमल बहादुर बम र कमल प्रसाद तिवारी विच वडा सभापति पदका लागी नाम चर्चा भयो । निवार्चन क्षेत्र केही बेर तनावको स्थिती पनि सृजना भएको थियो । दिनभरको सहमतिको प्रयासपछि समझदारिमा रातिको ८ बजे दुबै जनामा सहमति जुटेको थियो । । यूवा पुस्ताले रुचाएका कमल बहादुर बंमले आफ्ना प्रत्यासि तिवारीलाइ सभापति बन्न अग्रह गरेर तनाव सहमतिको वडा कार्यसमिति बनाए ।