• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

एकीकृत समाजवादी संसदीय दलको बैठक निश्कर्ष ‘सरकारको नेतृवमा दाबी गर्ने’

धनगढी, १५ कार्तिक । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको जनाएको छ । कात्तिक १० गते सम्पन्न भएको प्रदेश कमिटिको बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै समाजवादी पार्टीले ठूलो पार्टीको हैसियतमा गठबन्धनको समर्थनमा मुुख्यमन्त्रीमा दाबी रहेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी सुुदूरपश्चिमकी इन्चार्ज गरिमा शाहले भनिन्, ‘प्रदेश सरकारको नेतृत्वमा हामी दाबी रहन्छ । प्रदेश कमिटिको बैठकबाट त्यसका लागि आवश्यक पहल गरिदिन भन्दै केन्द्रीय कमिटिलाई अनुरोध गर्ने निर्णय गरेका छौँ ।’ हाल एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको छ ।नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा प्रदेश सरकारको नेतृत्व पाउनुुपर्ने माग गर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पहिलो, १३ सासंदसहित माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, सभामुखसहित ११ सांसद रहेको नेकपा एमाले चौथो तथा जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।

बैठकले आउँदो कात्तिक २० गते भित्र जिल्ला कमिटि गठन तथा विस्तार गर्ने, कात्तिक मसान्तसम्म स्थानीय तहका पालिका कमिटि, मंसिर १५ गतेभित्र सबै पालिकाका वडा कमिटि, मंसिर २० गते भित्र प्रदेश र संघीय निर्वाचन क्षेत्र कमिटि विस्तार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका प्रदेश कमिटि सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । कात्तिक २० गतेभित्र पार्टी सदस्यता वितरणको काम सकेर मंसिर ३ गते धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको सुुवेदीले बताए । उनकाअनुसार मंसिर ४ र ५ गते केन्द्रीय स्कुल विभागको समन्वयमा प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण आयोजना हुनेछ भने प्रदेश कमिटिका पदाधिकारीहरुको कार्यविभाजन समेत गरिएको छ ।

जसअनुसार संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, स्कुुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुुखमा दिनेशचन्द्र सुुवेदी, कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुखमा दीर्घबहादुर सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ र महिला फाँट प्रमुखको जिम्मेवारी माया भट्टलाई दिइएको छ ।

सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.