धनगढी, ५ कार्तिक/प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिराे पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन् ।
बाढीपहिराेबाट क्षति भएकाे अवस्था बुझ्न बिहिबार सुदूरपश्चिम प्रदेश आएका प्रधानमन्त्री देउवाले धनगढी आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै साे कुरा बताएका हुन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै बेमौसमी वर्षातले ससदूरपश्चिमकाे अवस्था भयावह भएकाेले दुःखी भएकाे बताउदै उहाले बाढीपहिराे पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताए ।