धनगढी,२९असोज ।धनगढी उपमहानगरपालिकाकाका मेयर नृपबहादुर वडले सुदूरपश्चिमबासीले अब खुट्टा होईन् हाततान्ने बानीको बिकास गर्नु पर्ने बताएका छन् ।
बिहिबार कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर १४ “बी” गाँउमा दशै, दीपावली तथा छठको अबसरमा अयोजित देउडा कायक्रममा बोल्दै मेयर वडले यस्तो बताएका हुन् ।
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेश आफैमा हरेक क्षेत्रमा धनी भएको उल्लेख गर्दै मेयर वडले हामीहरु बीच खुट्टा तान्ने बानीका कारण पछिपरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै मेयर वडले भने, “ हामीसंग सबै छ, तर एकले अर्काको खुट्टा तान्ने प्रबृतिका कारण कमजोर भयौ, अब एकले अर्कोलाई सहयोग गर्दै अगाडी बढ्नु पर्छ ।” सुदूरपश्चिम प्रदेश हरेक क्षेत्रमा धनी भएको भएपनि हामीले आफैलाई चिन्न नसक्दा समस्या भएको बताए ।
कुनै समयमा कर्णालीमा पुल नहँुदा हप्तौ दिन लगाए काठ्माडौँ पुग्नु पर्ने यस क्षेत्रका जनताको दुख सम्झीदै मेयर वडले बर्तमान नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाका कारण उक्त समस्या समाधान भएको समेत उनको भनाई छ ।
फरक प्रसंङ्गमा बोल्दै उनले सुदूरपश्चिम सरकारले धनगढीले बिकास गति लिन थालेका कारण आफुहरुलाई दमन गरेको समेत बतएका छन् । उनले भने “प्रदेश सरकारले आफुले बिकासका नाममा सिन्को नभाँच्ने हामीले बिकास गर्न खोज्दा दमन गर्ने गरेको छ ” । यस्तै मेयर वडले कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित संघिय सांसद नारदमुनी रानाले भन्दा निर्वाचन हारेर पनि कांग्रेस नेतृ डा. आरजु राणा देउवाले कयौँ गुणा बिकास गरेको मेयर वडको दाबी छ ।
उपमहानगरपलिकाको वडा नम्बर १४ “बी” गाँउमा सुप समाजले दशै, दीपावली तथा छठको अबसरमा देउडा कायक्रममाको अयोजना गरेको थियो । समाजका अध्यक्ष भरतराज गिरीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा महिलाहरुबिच देउडा प्रतियोगिता सम्पन्न भएको थियो । सो कार्यक्रममा देउडा गयक भुवन दाहल, सौगात ओझाले प्रस्तुती राखेका थिए । कार्यक्रामा स्थानिय समाजसेबी,कलाकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमाका स्थानिय समाजसेबी उमा गिरीले स्वागत गरेकी थिईन् ।