धनगढी, २८ असोज/ नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड संग छुट्टाछुट्टै भटबार्ता भएको छ ।
संसदीय दलका नेता डा. रावलले देउवा र प्रचण्डलाई सुदूरपश्चिमको बिकसित राजनीतिका बारेमा जानकारी गराएको बताईएको छ । प्रधानमन्त्री देउवा संगको भेटमा रावललाई देउवाले सुदूरपश्चिम प्रदेशमा गठबन्धन प्रभावकारी नभएको जानकारी आएको बताएका थिए । प्रधानमन्त्री देउवाले यो बिषयमा प्रचण्ड र नेपाल संग कुरा गरी निश्कर्षमा पुगाउने बताए । दशै लगत्तै सर्बदलिय गठनबन्धनको बैठक गरी चाडै टुङ्गोमा पुग्ने देउवाले बताएको नेता रावलले बताए । सुदूरपश्चिममा गठबन्धनमा भएका सबैको एकता नभएको समेत देउवालाई संसदीय दलका नेता डा. रावलले बताए ।
उता संसदीय दलका नेता डा. रणबहादुर रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि सुदूरपश्चिमको राजनीतिक बृतका बारेमा जानकारी दिए । भेटमा प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारका बारेमा चासो दिएका थिए । जति गर्नूृपर्ने थियो सुदुरश्चिम सरकारले आफ्नो क्षमता प्रस्तुत गर्न नसको गुनासो प्रचण्डले गरेको डा. रावलले बताए । अध्यक्ष प्रचण्डले आगामी दिनमा गठबन्धनको मर्म अनुरुप नै आघाडी बढ्ने बताएको डा. रावलले बताए ।
अहिले सुदूरपश्चिममा समाजबादीका १४, माओवादी केन्द १३्र, काँग्रेस १२, एमाले १०, जसपा १ र लोसपा १ संसद रहेका छन् । अहिले सरकार माओवादीको केन्द्रको नेतृत्वमा समाजबादी मात्रै छन् ।
सुदूरपश्चिमका काँग्रेस संसदीय दलका नेता डा. रावलद्वारा प्रधानमन्त्री देउवा र माओवदी अध्यक्ष प्रचण्ड संग भेट, गठबन्धनका बिषयमा छलफल
सुदूरपश्चिमका काँग्रेस संसदीय दलका नेता डा. रावलद्वारा प्रधानमन्त्री देउवा र माओवदी अध्यक्ष प्रचण्ड संग भेट, गठबन्धनका बिषयमा छलफल