धनगढी, १६ असोज/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा. रणबहादु रावलले १४ औं महाअधिवेशनलाई सफल पार्न तल्लो तहबाटै युवाहरु एकजुट भएर जानुपर्ने बताए ।
कांग्रेस निकट युवाहरुले शनिबार धनगढी–४ उत्तरबेहेडी स्थित शिबपुरी धाम समुदायिक वनमा आयोजना गरेको वनभोज कार्यक्रममा सम्बोधन गर्दै नेता रावलले कांग्रेसलाई सुदृढ र बलीयो बनाउन युवाहरुको महत्वपुर्ण भुमीका रहको बताए ।युवाहरुको जमघट र एकजुटले लोकतान्त्रीक अभियानलाई बलीयो बनाउने उनले बताए । स–साना मतभेदलाई नराखेर सबैले एक ठाउँमा उभिनुपर्ने बेला आएको बताए ।
अहिलेको अवस्थामा युवाहरुलाई बिशेष प्राथमिता दिएर अगाडी बढ्नुपर्ने उनले बताए । नेवि संघका युवा नेता मनिष कुँवरको नेतृत्वमा भएको बनभोज कार्यक्रममा नेपाली काँग्रेसका बिभिन्न संघसंगठनका युवाहरुको सहभागिता रहेको थियो । हरेक बर्ष युवाहरुले दशैको पुर्व सन्ध्यामा शुभकामनाद आदानप्रदान सहित बनभोज कार्यक्रम गर्दै आएका छन् ।
