धनगढी, १५ असोज/नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्प्स ईकाईले महिला बिद्यार्थीहरुलाई सेनिटरी प्याड बितरण गरेको छ ।शुक्रबार नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्प्स ईकाईले एक कार्यक्रम गरी महिला बिद्यार्थीहरुलाई एक सय ५० थान सेनिटरी प्याड बितरण गरेको हो ।
महिला विद्यार्थीहरुको महिनावारी समस्यालाई मध्यनजर गर्दै क्यापसका बिद्यार्थीहरुलाई बितरण गरेको नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्प्स ईकाईका सभापति जिवन कार्कीले बताए ।
‘महिलाहरुमा हुने महिनावारीको समस्यालाई मध्य नजर गर्दै देशव्यापी रुपमा संचालन अभियानलाई सफल पर्ने बितरण गरेका हौ’ नेवि संघ ऐश्वर्य बहुमुखी क्याम्प्स ईकाईका सभापति कार्कीले भने–‘क्याम्पस लगाएत हाम्रो समितिले बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।’