• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिम प्रदेशका काँग्रेसका संसदीय दलका नेता रावल भन्छन-‘अनुकुलता खोज्ने गठबन्धन चाहिदैन्’

धनगढी, ११ असोज/कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सुदूरपश्चिममा आफ्नो पार्टी अब प्रतिपक्षीमै रहने बताएका छन् । संघमा गठबन्धन सरकार बनेका बेला प्रदेशमा पनि सोहीअनुसारको समीकरण हुने भन्ने चर्चा चलिरहदा रावलले आफ्नो अनुकुलता खोज्ने गठबन्धन आवश्यक नभएको बताउँदै कांग्रेस प्रमुख प्रतिपक्षी दलकै भूमिकामा रहने प्रष्ट पारेका हुन् ।

‘अहिलेको सरकार आफू सुहाउँदो गठबन्धन बनाउन चाहिरहेको देखिएको छ । यस्तो गठबन्धन हामीलाई चाहिदैन्,’ रावलले भने, ‘हामीसँगै कुनै सरसल्लाह पनि गरेको देखिदैन् । त्यसैले हामी प्रतिपक्षमै रहन्छौँ ।’ सरकारमा सहभागि दलहरुमा सत्ताको दम्भ बढेको दाबी गर्दै रावलले भूमिकाअनुसार कांग्रेस अगाडि बढ्ने जनाए ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बेला तटस्थ बसेर सहयोग गरेको भएपनि अब भने सरकारको व्यवहारका आधारमा आफ्नो भूमिका देखाउने उनी बताउँछन । संसदीय दलका नेता रावलले यस्तो बताएपनि अर्का प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने कांग्रेस निर्णय लिन हतार नगर्ने बताए ।

‘हामी अहिले प्रमुख प्रतिपक्षी दलकै भूमिका छौँ । सरकारमा सहभागी हुन हतार गर्दैनौँ,’ खड्काले भने, ‘गठबन्धनको केन्द्रीय नेतृत्वले लिने निर्णयका आधारमा अगाडि बढ्छौँ ।’ माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई अहिले एकीकृत समाजवादी पार्टीले समर्थन दिएको छ । समाजवादी पार्टीका सांसदहरु समेत कांग्रेससँग गठबन्धन भएपनि समाजवादीकै समर्थन सरकार सुरक्षित रहेकाले उसलाई सरकारमा सहभागि नगराउने बताउँदै आएका छन् ।

गत जेठमा मुख्यमन्त्री त्रिलोचन भट्टले बिश्वसको मतलिदा तठस्त बसेर सहयोग गरेको काँग्रेस सरकारमा सहभागि हुने चर्चा चलेको थियो । तर, हाल केन्द्रमा गठबन्धन भएका बेला समेत सुदूरपश्चिम प्रदेशमा काँग्रेस प्रतिपक्षीमै बसेको छ । दुई महिना पछि बसेको सुदूरपश्चिम प्रदेश सभामा सोमबार काँग्रेस संगै नेकपा एमाले, जसपा र लोसपा प्रतिपक्षीको बेन्चमा बसेका थिए । माओवादी नेतृत्वको प्रदेश सरकारलाई एमोले बिभाजन पछि गठित एकिकृत समाजबादी पार्टीले सर्मथन दिएर टिकाई राखेको छ ।

सोमबार, असोज ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.