धनगढी ११ असाेज/ सु्दूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल बनेको छ । केन्द्रमा काँग्रेसकै नेतृत्वमा सरकार भएपनि प्रदेशमा भने प्रमुख प्रतिपक्षी दल रहेको हो ।
आजदेखि शुरु भएको प्रैदेश सभा बैठकमा सोही अनुसार सिट व्यवस्थापन गरिएको थियो । नेकपा माओवादी केन्द्र र तत्कालिन नेकपा एमाले एक भई नेपाल कम्यूनिष्ट पार्टी हुँदा पनि प्रदेशमा प्रमुख प्रतिपक्षी दल काँग्रेस थियो भने प्रतिपक्षी दलमा जनता समाजवादी पार्टी रहेको थियो ।
अहिले दल विभाजन भएसंगै प्रदेशमा छ वटा दल रहेका छन । तीमध्ये प्रतिपक्षी दल नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन ।
सत्तापक्षमा भने नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी रहेका छन ।
सुदूरपश्चिम प्रदेशः काँग्रेस प्रमुख प्रतिपक्षी
सुदूरपश्चिम प्रदेशः काँग्रेस प्रमुख प्रतिपक्षी
