धनगढी, २ भाद्र/नवगठित नेकपा एमाले समाजबादीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशका बर्तमान मन्त्री पुर्णा जोशी र पुर्वमन्त्री माया जोशीको पनि नाम समाबेश रहेको छ ।
माधव नेपाल पक्षले बुधबार निर्वाचन आयोगममा दर्ता गरेको नयाँ पार्टीमा सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री जोशी र पुर्व उद्योग वन, पर्यटन तथा बातावरण मन्त्री माया भट्टको नाम पनि समाबेश गरिएको छ ।
नवगठित नेकपा एमाले समाजबादीको केन्द्रीय सदस्यका बिषयमा मन्त्री पुर्णा जोशीले अनबिज्ञता प्रकट गरेकी छन् । ‘हाम्रो सल्लाह हुदैछ’ जोशीले भनिन्–‘अहिले म धनगढीमै छु यस बिषयमा म बोल्दैन, केही छैन ।’