काठमाडौँ १ साउन/प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार खोप केन्द्रहरू बढाउन निर्देशन दिएका छन्। खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै उनले मुख्यसचिव र स्वास्थ्य सचिवलाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाको सचिवलायका अनुसार खोप केन्द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउनसमेत प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्।
