काठमाडौं ६ असार/फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफू निकटका नेताहरसँग छलफल थालेका छन् ।यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी छन् ।
बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।हालसम्मको छलफलमा देउवाले आसन्न १४औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आएका छन् ।