धनगढी ४ असार/कैलाली क्षेत्र नम्बर १ का सभापतीले गैर कांग्रेसलाई क्रियाशिल सदस्यता वितरण गरेको आरोप लागेको छ । उनले मनपरी ढंगले पार्टीका काम गर्दा पार्टीनै संकटमा पर्न लागेको टीकापुरका काँग्रेस नेता कार्यकर्ताको आरोप छ । नेपाली कांगे्रसको महाधिवेसनको मिति नजिकिए सँगै क्षेत्रिय सभापती भुवन अधिकारीले गैर कांग्रेसले क्रियाशिल सदस्यता वितरण गरेको आरोप लागेको हो ।
शुक्रवार जारी प्रेस बिज्ञप्तिमा माओवादीका क्रियाशिल सदस्यहरुलाई जानकारी नै नदिई कांग्रेसको क्रियासिल बनाएको उल्लेख गरिएको छ । क्षेत्र नम्बर १ को समितिले आफु कुनै जानरी नदिइ कांगे्रसको सदस्य बनाएको आरोप मनोज चौधरीको छ । ‘म माओवादीको क्रियासिल सदस्य हुँ,’ उनले भने, ‘मलाइ कुनै जानकारी नै नदिए कांग्रेसको क्रियासिल सदस्य बनाइयो ।’टीकापुर नगर उप–सभापती शेरबहादुर साउदले पार्टीको तिनि विपरित सदस्यता सिफारिस गरेको आरोप नेपाली कांग्रेस कैलाली जिल्ला सदस्य नवराज रावलको छ। ‘क्षेत्रिय सभापती अधिकारीले हचुवाको भर क्रियासिल सदस्यता वितरण गर्नु पनि गैर जिम्मेवारी पन हो,’ जिल्ला सदस्य रावलले भने, ‘टीकापुर नगरपालिका वडा १ का ५ सय ८१ जना कांग्रेसले भने सदस्यता पाएका छैनन् ।’ संगठनलाई तहसनहस गर्ने प्रवृती देखिएको भनाई रावलको छ ।
यता क्षेत्र नम्बर १ का सभापती अधिकारीले भने जारी बिज्ञप्तिमा कुनै सत्यता नभएको दावी गरे। ‘पार्टी भित्र पनि आन्तरिक द्धन्द्ध चलिरहेका कारण अर्को पक्षले आरोप लगाएको हो,’ उनले भने। नेपाली कांगे्रस जिल्ला कार्य समितिले पनि पार्टी भित्र गैर जिम्मेवार काम गर्नेलाई कारवाही गर्नु पर्ने जनाएको छ।