डोटी: डोटी जिल्लाको शिखर नगरपालिका वडा नम्बर ६ पचनाली आदर्श नगर चुडिका साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा‘’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारिक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेट्वर्क मार्फत सार्वजनिक गरिएको हो ।
संगीत सागर मगरद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा सम्वाद लेखन जनकराज खकुरेलको रहेको छ । त्यसैगरी ध्वनी मिश्रण दिनेश राजवाहक, छायांकन तथा सम्पादन बिश्वास भण्डारी, मेकअप क्रितिका श्रेष्ठको रहेको छ भने वाँसुरीमा संजीव मैनाली, गितारमा राहुल बिकले गीतलाई थप कारुणीक बनाएका छन् ।
अहिलेको बिषम परिस्थितिको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिकलाई लक्षित गरि उनका समस्या गीत मार्फत उजागर गरेको फुलाराले बताए।