काठमाडौं–कपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य पम्फा भुषालका अनुसार उपत्यकामा उपलब्ध सदस्यहरुलाई बैठमा बोलाइएको हो ।
बैठकमा कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बनाउनेबारे निर्णय अनुमोदन गराउने बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपतिले दिएको समयसीमा भित्रै बहुमतको सरकारमा दाबी गर्ने सहमति भएको छ ।