श्रवण देउवा/धनगढी, ३१ असार । राष्ट्रिय मानव अधिकारको टोली धनगढीको टोलीले असनसनमा बसेका डा. गोविन्द केसीको अवस्था बुझोको छ । मानव अधिकारको टोली धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगी डा. केसीको अबस्थाका बारेमा जानकारी लिएको छ ।
आफ्ना माग शान्तिपुर्ण तरिकाले राख्न पाउने नागरिकको अधिकार भएकोले यसमा सम्बन्धीत निकायले चाडो चासो दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक मोहनदेव जोशीले बताएका छन् । लामो समयसम्म अनसन बसेर माग राख्नुपर्दा स्वास्थ्यमा आउने जटिलताबारे सरकार जिम्मेवार हुनुपर्ने निर्देशक जोशीले बताए ।
डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे डाक्टर अमृत जैशीले मानव अधिकारको टोलीलाई जानकारी गराएका छन् । मानव अधिकारको टोलीले प्रमुख डा.हेमराज पाण्डेसँग पनि भेटघाट गरी डा. केसीके अबस्था बारे जानकारी लिएको छ ।
डा. केसीलाई मानअधिकार आयोगका तर्फबाट कार्यलय प्रमुख मोहनदेब जोशी, मानव अधिकार अधिकृत गणेश जोशी र नासु बिदेशराम चौधरीको टोलीले भेट गरेको थियो । २०औं सत्याग्रह गर्न धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह सुरु गरेका हुन् ।
