धनगढी, ३१ भदौ । सात बुँदे माग राख्दै कैलालीको धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालको रिपोर्ट अनुसार डा. केसीलाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, रक्तचाप घट्ने, सुगर कम हुने र पिसाबमा किटोनबडी बढ्दै गएको छ ।अनसनको पाँचौँ दिनसम्म आइपुग्दा उनको तौल दुई केजी घटेको अस्पतालको रिपोर्टमा उल्लेख छ ।
यी समस्याका कारण डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले जुनसुकै बेला बेहोस हुनसक्ने, कम्पन सिजर आउनसक्ने, रोग प्रतिरोधी क्षमता कम भएर संक्रमण हुनसक्ने, मुटुको धड्कन, शवासप्रश्वास गडबढ भएर विभिन्न प्रणालीहरुमा खराबी आएर ज्यान जोखिममा पर्नसक्ने अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा अनसनरत डा. केसीलाई उनकै आग्रहमा पानी, स्लाइन र रिङ्गर ल्याक्टेट मात्रै दिइएको अस्पतालले जनाएको छ ।

