काठमाडौँ ७ , असार। सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन्।
‘नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।