धनगढी, ६ असार/ कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमा आईतबार बिटुमिन (अलकत्रा) बोकेको ट्रक आगलागी भएर ध्वस्त भएको छ ।
बजारको ४ नम्बर गल्लीको दक्षिणतिर निङ्गलाशैली टेन्ट हाउस नजिकै सडक कालोपत्रे गर्ने काममा रहेको ट्रकमा आगलागी भएको हो । भीमदत्त नगरपालिकाको दमकल आएर आगो निभाउने प्रयास गरे पनि ट्रक ध्वस्त भएको छ । प्रहरी घटनास्थलमा पुगेको छ । अहिले आगलागी नियन्त्रणमा भएको छ ।
जेडआईसी जेभी लामा कन्स्ट्रक्सनले महेन्द्रनगरमा सडक निर्माणको कार्य थालनि गरेको छ । पार्क कुनादेखि आँखा अस्पताल रोडसम्म आईतबार कालोपत्रे सुरु गरेको थियो ।