धनगढी २६ पुस/ नेकपा एमाले कैलालीको नेतृत्वको लागी मतगणना सुरु भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन भएको हो ।
६०९ प्रतिनिधि मध्ये ५८९ मत खसेको थियो । अहिले एमाले जिल्ला पार्टी कार्यालयमा मतगणना सुरु भएको हो ।अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकि छन् ।
सचीवमा दान बहादुर बिक र डेजि पाण्डे छन् उपसचिबमा मदन ओझा प्रेम चौधरी ममता चौधरी लोकेन्द्र साही र बिनय शाहको उम्मेदवारी परेको छ ।सदस्यहरुको केही क्षेत्रमा भने हिजो नै निर्विरोध भइसकेको छ ।
