धनगढी २५ पुस/नेकपा एमालेको कैलाली जिल्ला समितिको निर्वाचन प्रक्रिया सोमबारसम्मका लागि स्थगित भएको छ । अध्यक्षका दुई उम्मेदवार पक्षका कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको हो ।अध्यक्ष पदका उम्मेदवारसमेत रहेका निवर्तमान अध्यक्ष रतन थापाले निर्वाचन समिति असक्षम भन्दै भाषण गर्दै नाराबाजी गरेपछि विवाद भएको थियो ।
एक अर्काले समुहले जथाभावी बोलेर प्रतिनिधिहरूलाई भड्काउन नपाइने भन्दै विरोध गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।दुवै पक्षबीचको झडपपछि निर्वाचन समितिले भोलि बिहान ८ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
एमालेको कैलाली जिल्ला समितिको अध्यक्षका लागि रतन थापा र रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् । यसअघि आइतबार बिहान ८ बजेका लागि तय गरिएको निर्वाचन पटक पटक गरेर साँझसम्म सारिएको थियो ।