धनगढी, २२ पुस/काँग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा)ले बतास समूहसँग आफ्नो कुनै आबद्धता नरहेको बताएकी छन्।
सञ्चारमाध्यममा आरजुको पनि बतास समूहमा संलग्नता रहेको सार्वजनिक भएपछि उनले सो संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएकी हुन्। उनले आफू विभिन्न ६ वटा संस्थामा बाहेक अन्यत्र कतैपनि आबद्ध नभएको दावी गरेकी छिन्।
