काठमाण्डौं, २६ मंसिर/नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले सभापतिमा शेरबहादुर देउवालाई मतदान गर्न आग्रह गरेकी छिन् । भोली हुने नेपाली काँग्रेसको निर्वाचनका लागि मत माग्न भृकुटीमण्डप पुगेकी प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले सुदूरपत्र अनलाईनसंग कुरा गर्दै सो कुरा बताएकी हुन् ।
डाक्टर देउवाले भनिन्, ‘उहाँ देशका लागि अत्यन्त महत्वपूर्ण व्यक्ति हुनु । उहाँ लगायत देउवा प्यानलका सबैलाई मतदान गरेर विजयी गराउ आग्रह गर्दछु ।’ डाक्टर देउवाले भृकुटीमण्डपमा उपस्थित भएका मतदाताहरुसंग भेटेर भोट मागेकी थिइन् ।