• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुस २२ मा जिल्ला, माघ ८ मा प्रदेश सम्मेलन गर्दै एमाले

काठमाण्डौ, २६ मंसिर । नेकपा एमालेले संगठन निर्माण र नेतृत्व हस्तान्तरण अभियानअन्तर्गत पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ। एमाले केन्द्रीय कमिटीको शनिबार दिउँसो भक्तपुरको गट्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनवर्गीय संगठन, जिल्ला र प्रदेश कमिटीका सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएपछि बैठकले अधिवेशन मिति निर्धारण गरेको हो।

केन्द्रीय कमिटी बैठकबाट पदाधिकारीको वरीयताक्रम, कार्यविभाजन, स्थायी कमिटी तथा पोलिटब्युरो गठनलगायत १५ वटा विषयमा निर्णय गर्ने कार्यसूची छ। ६ उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवको वरीयताक्रम निर्धारण गरिनेछ। केन्द्रीय कमिटीको आइतबार बस्ने अर्को बैठकले पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गर्ने बताइएको छ। त्यसैगरी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने तयारी पनि छ।

अध्यक्ष ओलीको निवास बालकोटमा बिहान भएको छलफलले पदाधिकारीहरूको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरो गठनलाई टुंग्याउने निर्णय गरेको भए पनि अलि गृहकार्य गर्नुपर्ने भएकाले आइतबारको बैठकबाट यी विषयमा निर्णय लिइने नेताहरूले बताएका छन्।

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएपछि नेताहरूले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रामबहादुर थापालाई भेटेर आआफ्नो पक्षमा लबिङ गरेका छन्। एमाले विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुन्छ। असोजमा सम्पन्न विधान महाधिवेशनले निस्तेज पारेको पोलिटब्युरोलाई दसांै महाधिवहलले ब्युँताएको हो।

यसैगरी केन्द्रीय कमिटी बैठकले १० प्रतिशत केन्द्रीय सदस्य पनि मनोनयन गर्नेछ। यसमा पनि पनि नेताहरूले लबिङ गरिरहेका छन्। तर, केन्द्रीय सदस्यहरूको मनोनयन हुने नहुने भन्नेबारे केही टुंगिएको छैन। महाधिवेशनबाट निर्वाचित भएका नेताहरूबाटै स्थायी कमिटी र पोलिटब्युरो गठन हुने भएकाले केन्द्रीय सदस्यहरूले नै स्थायी कमिटीलाई पहिलो प्राथमिकतामा राखेका छन्।

विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटीमा १९ पदाधिकारी स्वतः पर्नेछन्। बाँकी २६ पदमा करिब ५० जना आकांक्षी छन्। उमेर हदले अवकाश पाएबाहेक अघिल्लो स्थायी कमिटीमा भएका नेताहरू दोहोरिने सम्भावना छ। भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गरेर स्थायी कमिटीमा लैजान दबाब परेको छ।

माओवादीबाट एमालेमा आएका नेताहरूले स्थायी कमिटीमा कम्तीमा पाँचजना सदस्य आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन्। तर, प्रभु साहबाहेक अरू स्थायी कमिटीमा पर्ने सम्भावना कम रहेको स्रोतको दाबी छ। टंक आङ्बोहाङ, गौरीशंकर चौधरी, ज्वालाकुमारी साह, धर्म रेग्मी, दिनेश पन्थी, चन्द्रबहादुर खड्कालगायतले स्थायी कमिटीमा पर्न लबिङ गरे पनि उनीहरूलाई पोलिब्युरोमा लैजाने सम्भावना बढेको छ।

अघिल्लोपटक स्थायी कमिटीमा भएर यसपटक पदाधिकारीमा नपरेका नेताहरू घनश्याम भुसाल, भीम आचार्य, किरण गुरुङ, रघुजी पन्त, मणिचन्द्र थापा गरी ६ जना स्थायी कमिटीमा स्वतः पर्नेछन्। लालबाबु पण्डितलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेर स्थायी कमिटीमा ल्याउने सम्भावना छ।

स्थायी कमिटीमा भानुभक्त ढकाल, अग्नि खरेल, देवराज घिमिरे, गुरु बराल, कर्ण थापा, यामलाल कँडेल, राधा ज्ञवाली, शेरबहादुर तामाङ, शेरधन राई विन्दा पाण्डे, शिवमाया तुम्बनहाङ्फे, हिक्मत कार्की, श्रीमाया थकाली, थममाया थापा, राजन भट्टराई, उषाकला राई, वैजनाथ चौधरी, काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, देवेन्द्र दाहाल, गोकुल बाँस्कोटा, गोरखबहादुर बोगटी, पर्शुराम मेघी गुरुङ, महेश बस्नेत, सीता पौडेल, सुजिता शाक्य, ठाकुर गैरेलगायत आकांक्षी छन्। स्थायी कमिटी सदस्य बराबर अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष रहनेछन्।

केन्द्रीय समितिको शनिबारको बैठकले एमाले सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको छ। अमृतकुमार बोहोरालाई परिषद् अध्यक्ष बनाइएको हो। यसअघि अनुशासन आयोगमा केशव बडाल, निर्वाचन आयोगमा डा। विजय सुब्बा, लेखा आयोगमा डा। पुष्प कँडेल चयन भइसकेका छन्। उनीहरू पनि स्थायी कमिटी सदस्यसरह बैठकमा भाग लिन र आफ्ना धारणा, मत राख्न पाउनेछन्। आयोगका प्रमुखबाहेक स्थायी कमिटी ४५ सदस्यीय हुनेछ।

पार्टीको जित सुनिश्चित गर्न लाग्नुस् : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकले केन्द्रीय कमिटी बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन पनि गर्ने भएकाले सबैले पाएको जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्नुपर्ने बताएका छन्। उनले एमालेमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउन र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गराउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका थिए।

‘अन्य पार्टीका कार्यकर्ता ल्याउने काम गर्नुस्, जनतालाई विश्वासमा लिने काम गर्नुस्, जसले गर्दा हाम्रो पार्टीप्रति जनतामा सकारात्मक धारणा बन्छ,’ ओलीले भने। उनले आगामी निर्वाचनमा एमालेले कसैसँग मोर्चाबन्दी गर्नुनपर्ने बताएका थिए। ‘जनता एमालेका साथमा छन्, आगामी निर्वाचनमा विजयी हुन पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहनुपर्दैन’, ओलीले भने।

उनले निर्वाचनलाई ध्यानमा राखेर संगठन सुदृढ र विस्तारमा लाग्न र त्यसको जानकारी समयसमयमा पार्टी केन्द्रलाई गराउन निर्देशन दिए। ‘जनताको चाहनाअनुसार विकासनिर्माणका कामलाई अघि बढाउनु हाम्रो पार्टीको दायित्व हो, अब सबै तहमा जाँदा त्यहाँको मुख्यमुख्य पाँचवटा कामबारे जनतालाई सोध्नुस् र केन्द्रलाई जानकारी गराउनुुस्। त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहनाअनुसार पार्टीले काम गर्न सक्नेछ’, ओलीले भने।

आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.