काठमाण्डौं, २५ मंसिर/नेपाली काँग्रेसकी नेतृ तथा धनगढी उप–महानगरपालिकाकी नगर उप–प्रमुख सुशिला मिश्र (भट्ट) ले केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (महिला) तर्फ उम्मेदवारी दर्ता गराएकी छिन् ।
नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा नगर उप–प्रमुख सुशिला मिश्र (भट्ट) ले केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (महिला) तर्फ उम्मेदावरी दर्ता गराएकी हुन् ।उम्मेदवारी दर्तापछि उनले गर्दै नेपाल महिला संघकी केन्द्रीय सदस्य समते रहेकी नगर उप प्रमुख सुशिला मिश्र (भट्ट) ले पार्टीमा पूनर्जागरण, रूपान्तरण र समाबेसी तथा महिलाको अर्थपूर्ण सहभागिताको लागि आफुले केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश (महिला) तर्फ उम्मेदारी दर्ता गराएको बताइन् । उनले महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा मतदान गर्नको लागि अपिल गरीन् ।
