काठमाण्डौं, २५मसिर/ धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (दलित समावेशी)मा मनोनयन दर्ता गरेका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा देशकै उत्कृष्ट उपाधि पाएका नगर प्रमुख वडले राष्ट्रिय सभा गृहमा पुगेर केन्द्रीय सदस्य (दलित समावेशी) मा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनय पत्रमा नेपाली काँग्रेसका नेता हरीश खड्काले समर्थन जनाएका छन् भने उद्धवबहादुर बिष्टले प्रस्ताव गरेका छन् । मनोनय दर्तापछि सुदूरपत्र अनलाइनसंग कुरा गर्दै उनले मतदातालाई आफ्नो अमूल्य मत दिन आग्रह गरे ।
को हुन नृपबहादुर वड ?
बिद्यार्थी जीवनकालदेखि राजनीतिमा संक्रिय नगर प्रमुख वड निवर्तमान नगर सभापति हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय वड बिभिन्न पदमा रहेर पार्टीको गतिविधि अगाडि बढाएको दाबी छ । उनले पार्टी सुदृढीकरण, सशक्त र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी घोषणा गरेको बताए ।
‘उप–महानगरपालिकाको नगर प्रमुख हुँदै गर्दा अप्ठ्यारो परिस्थिति थियो । प्रदेश र संघ सरकार हाम्रो पक्षमा थिएन’ रिपोट्स क्लवमा भएको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख वडले भने, ‘त्यो विषम परिस्थितिमा उप–महानगरपालिकालाई देशकै उत्कृष्ट उप–महानगरपालिका घोषणा गराउन सफल भयौं ।उनले दुई कार्यकाल नगर सभापति हुँदा स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जनप्रतिनिधिहरु नेपाली काँग्रेसकै बहुमत निर्वाचित गराउन सफल भएको बताए ।
उनले कोभिड–१९ महामारीमा देशका सबै जिल्लाका नागरिकलाई नाकामा व्यवस्थापन गरेर गन्तव्यसम्म पुगाउन सफल भएको बताए । कोभिड–१९ महामारी सफलता पूर्वक व्यवस्थापन गरेका कारण संघीय, प्रदेश सरकारले छनौट गर्दै गर्दा धनगढी उप–महानगरपालिका तीन पटक सम्मानित भएको बताए ।
‘हरेक जातजातीको अधिकारका पक्षमा आवाज उठाउँदै सबैको माग, विकासका पक्ष र हरेक समस्याका पक्षमा आवाज उठाउछु’ नगर प्रमुख वडले भने, ‘सबैलाई सम्मान गर्दै सबैको सल्लाह सुझाब र अग्रजहरुको निर्देशन अनुसार काम गर्नेछु । ‘म कहिकतैबाट भ्रष्ट्राचार हुन दिदैन’ वडले भने, ‘राजनीति भनेको पैसा कमाउनका लागि होइन्, सम्मान र समाजलाई अगाडि बढाउनका लागि हरेक तह र तप्कासम्म अगाडि बढ्ने तथा समाजलाई अगाडि बढाउनका लागि हरेक तह तप्कासम्म अगाडि बढाउनका लागि मेरो उम्मेदवारी हो ।’
‘मैले सुदूरपश्चिमका हरेक जिल्लाका समस्या बुझेको छु । मैले देशका हरेक प्रदेशका दलित तथा अन्य वर्गहरुको समस्या पनि बुझेको छु’ उनले भने, ‘म वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन उममेदवारी दिएको बताए।’