काठमाडौं–नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशस्तरीय र समावेशी तर्फबाट केन्द्रीय सदस्य टुंग्याएको छ ।
सुदूरपश्चिमबाट केन्द्रीय सदस्य (भूगोल)बाट नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल र सुदूरपश्चिमबाट केन्द्रीय सदस्य (भूगोल÷महिला) बाट धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा भए अनुरुप नै संस्थापन पक्ष (देउवा समूह)बाट डा. रावल र मिश्रलाई उम्मेदवार बनाउने निर्णय भइसकेको हो । उम्मेदवारको आधिकारितकता आइसकेपछि डा. रावल र सुशीला मिश्र भट्ट अहिले चुनावी मैदानमा मतदातासामु भोट माग्न थालेका छन् । उनीहरुले आफ्नो भिजनसहित मतदातासामु मत मागिरहेका छन् ।
