काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यहरुको उम्मेद्वारी टुग्याएको छ । संस्थापनले सात प्रदेश तथा समावेशी तर्फका उम्मेदवारहरुको टुंगो लगाएको हो ।
प्रदेश १ मा अमृत अर्याल मोरङ, आनन्द सन्तोषी राई धनकुटा र मपिहलामा महिन्द्र लिम्बु झापालाई उम्मेद्वार बनाइने भएको छ । त्यस्तै प्रदेश २ बाट रमेश रिजाल पर्सा, आनन्द ढुंगाना धनुषा र महिलामा चित्रलेखा यादव सिरहा उम्मेदवार बनाउने निणर्य भएको छ ।
बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित काठमाडौँ, ध्रुव अधिकारी नुवाकोट र महिलामा उर्मिला केसी ललितपुर उम्मेदवार बन्ने भएका छन् । गण्डकीबाट ध्रुव वाग्ले तनहुँ, सोभियतबहादुर अधिकारी कास्की, र महिलामा सरस्वती तिवारी स्याङ्जा, लुम्बिनीबाट देवेन्द्रराज कण्डेल नवलपरासी पश्चिम, चन्द्र केसी गुल्मी र महिलामा शिला शर्मा खड्का दाङलाई उम्मेदवार बनाउने निणर्य भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।
कणर्ालीमा कणर्बहादुर बुढा डोल्पा, राजीवविक्रम शाह जाजरकोट र महिलामा जानकी सिंह सुर्खेत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा डा. रणबहादुर रावल कैलाली, यज्ञराज जोशी कञ्चनपुर तथा महिलामा सुशीला भट्ट मिश्रलाई उम्मेदवार बनाइने भएको छ ।
प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ ।मुस्लिम कोटाको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक रुपन्देही, अब्दुल सतार गोरखा र सुविदा खातुन बर्दियालाई उम्मेद्वार बनाउने निणर्य भएको छ ।
पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह बझाङलाई उम्मेद्वार बनाउने निणर्य संस्थापनले गरेको छ ।त्यस्तै अल्पसंख्यक कोटामा प्रदीप सुनुवार ओखलढुंगालाई उम्मेदवार बनाउने निणर्य संस्थापनले गरेको छ ।
अपाङ्गता कोटाबाट मदनकृष्ण श्रेष्ठ भक्तपुरलाई उम्मेदवार बनाउने निणर्य भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।