काठमाडौं २४ मंसिर/नेपाली का“ग्रेसको १४ औं महाधिवेशन आजदेखि शुरु भएको छ । दिउ“सो झण्डै साढे १ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन शुरु भएको हो ।
महाधिवेशनलाई भव्य, सभ्य र मर्यादित बनाउन र कार्यक्रममा सहभागि सबैलाई मञ्चस्थल हेर्न सहज होस भन्दै एलईडी टिभीबाट ठाउ“–ठाउ“मा प्रसारण गरिएको थियो । कार्यक्रमस्थलमा महाधिवेशन प्रतिनिधीसहित कार्यकर्ताहरुको घुईचो भएपछि सडकका दाया“बाया“ राखिएको टिभीबाट पनि कार्यकर्ताहरु महाधिवेशन ध्यानपुर्वक हेरिरहेका थिए ।
आयोजक समितिले कार्यक्रमस्थलभित्रका चारै पट्टीसंगै थप दुई स्थानमा एलइडी र सडकका दाया“ र बाया“मा पनि एलइडी टिभीबाट कार्यक्रम प्रसारण गरिरहेको थियो ।
कार्यक्रमस्थल र सडकनै जाम भएपछि सो सडकमा यात्रा गर्ने यात्रुलाई डाइभर्सन गराईएको थियो ।
१४ औं महाधिवेशनको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समुदघाटन गरेका थिए ।