काठमाण्डौ, २४ मंसिर । नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल कांग्रेसको १४ औँ महाधिवेशनमा भृकुटीमण्डपमा प्रतिनिधिसँग भोट माग्नमै व्यस्त छन् ।
संस्कार, विचार, आदर्श र अनुभव बोकेको रुपान्तरित नेपाली कांग्रेस नामक पुस्तिकासहित मतदातामाझ भेटघाट गरिरहेका छन् ।
कांग्रेशको महाअधिवेशनमा केन्द्रीय सदस्य (प्रदेश) पदको उम्मेदवारी घोषणा गरेसँगै उनी प्रचारप्रसारमा लागेका छन् ।
पार्टीलाई संस्कारयुक्त, पार्टीलाई विचार प्रधान, विधि विधानबाट अग्रसर हुने र रुपान्तरित भएर अघि बढाउन आफ्नो उम्मेदवारी भएको बताउँदै उनी अहिले महाधिवेशनको उद्घाटन समारोहस्थलमा देशभरीबाट आएका महाधिवेशन प्रतिनिधिसामु मत मागी रहेका छन् ।
वि.सं. २०३२ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका डा. रावलले २०७४ सालमा सुदूरपश्चिम प्रदेश सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । डा. रावल सुदूरपश्चिममा एक सशक्त, इमान्दार र कार्यकर्तामाझ लोकप्रिय नेताका रुपमा परिचित छन् ।
